Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कास्कीको सदाशिव प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालयको हिसाबकिताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको, लेखापरीक्षण प्रतिवेदन यथार्थ नभएको, विद्यालय व्यवस्थापन समितिले लेखापरीक्षण प्रतिवेदनमा भएको शंकाको बारेमा निर्णय गरेकोमा उक्त प्रतिवेदनमा पनि स्क्यानिङ गरी शीर्षक मिलान गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
उनीहरुले ३ लाख ७७ हजार २३६ रुपैयाँ अनियमितता गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आरोपपत्रमा सुवेदीसहित विद्यालयका तत्कालीन लेखापरीक्षक कृष्ण प्रसाद गौतमलाई प्रतिवादी बनाइएको छ ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij