
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । भक्तजनहरूको सहजीकरणका तथा सुविधाका लागि प्रभु बैंकले मुस्ताङको ‘कागबेनी मन्दिर श्राद्ध स्थल व्यवस्थापन समिति’लाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको छ ।
एक समारोहका बीच बैंकले नगद रहित भुक्तानी प्रणालीका लागि समितिलाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको हो । सोह्रश्राद्ध तथा औँसी तिथिमा दिवंगत आफन्तहरूको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरूको सो क्षेत्रमा जाने गर्दछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij