
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (बाफिया)लाई संशोधन गर्न विधेयक दर्ता गराएको छ । अर्थमन्त्री वर्षमान पुनले गत सोमबार संसद्मा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० दार्ता गराएका हुन् ।
मुल ऐनको परिच्छेद–३ को धितोपत्रको कारोबार सम्बन्धी व्यवस्थको दफा ९ मा एउटा बुँदा थपेको छ । मुल ऐनको दफा ९ को उपदफा (७) पछि लघुवित्तका ऋणीहरूलाई सेयर दिने व्यवस्था थप गरिएको हो ।
लघुवित्तले सर्वसाधारणलाई निष्कासन गर्न लागेको सेयरको ४० प्रतिशत हुन आउने सेयर आफ्ना ऋणीलाई छुट्याउनु पर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ । यो प्रस्ताव संसद्बाट पारित भए लागु हुनेछ ।
अहिले लघुवित्तले वैदेशिक रोजगारीमा गएकाहरू र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत निष्कासन गर्नुपर्ने व्यवस्था छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ को उपदफा (१) बमोजिम बैंक वा वित्तीय संस्थाले आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्याउनु पर्ने व्यवस्था छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij