Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत याम कुमार कार्की विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । कार्कीले ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैंया बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

    images

    आरोपपत्रमा कार्कीको पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत गर्न आयोगले माग गरेको छ ।No description available.No description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij