Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत याम कुमार कार्की विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । कार्कीले ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैंया बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

    AGNI GROUP

    आरोपपत्रमा कार्कीको पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत गर्न आयोगले माग गरेको छ ।No description available.No description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij