Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा नियुक्त

प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा नियुक्त

  • काठमाडौं । प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा चयन भएका छन् । 

    images
    images
    images
    प्यालेस्टाइनमा तत्कालीन प्रधानमन्त्री मोहम्मद सतेह लगायतले १८ दिन अघि राजीनामा दिएका थिए । त्यसपछि मुस्ताफा नयाँ प्रधानमन्त्रीमा राष्ट्रपति महमूद अब्बासले चयन गरेका हुन् ।
    उनले सन् २००५ देखि प्यालेस्टाइन प्राधिकरणको नेतृत्व गर्दै आएका छन् । प्यालेस्टाइनमा राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने अधिकार छ ।
     
    समाचार एजेन्सी एएफपीका अनुसार मुस्तफाले गाजामा सन् २०१४ मा इजरायली आक्रमणपछि गाजाको पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी प्यालेस्टिनी प्राधिकरणको आर्थिक मामिलासम्बन्धी सल्लाहकार थिए ।
     
    उनी प्यालेस्टाइन इन्भेस्टमेन्ट फण्डको बोर्ड सदस्य पनि थिए । यसबाहेक उनले विश्व बैंकमा उच्च पदमा पनि काम गरिसकेका छन् ।
     
     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij