Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपाध्यक्ष अर्यालले पदबाट राजीनामा दिने

उपाध्यक्ष अर्यालले पदबाट राजीनामा दिने

  • काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिने भएकी छन् । दलहरुको सहमतिअनुसार राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल मंगलबार निर्वाचित भएपछि अर्यालले राजीनामा दिने भएकी हुन् । 

    onlinepatrika
    Arghakhachi

    अर्यालले बुधबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुझाव मागेकी थिइन् । त्यसक्रममा दलहरुबिच फरक पार्टीबाट अध्यक्ष र उपाध्यक्ष बनाउने सहमति भएको माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले स्मरण गराएका थिए । प्रधानमन्त्री प्रचण्डको कुरा सुनेपछि अर्यालले आफू राजीनामा दिन तयार रहेको बताएकी थिइन् । 

    AGNI GROUP

    ‘उपाध्यक्षज्युले प्रधानमन्त्रीज्युसँग भेटेर एक दुई दिनभित्र राजीनामा दिन तयार रहेको बताउनुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘उहाँले राजीनामा दिएपछि उपाध्यक्षको निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’ बदलिएको सत्ता समीकरण अनुसार माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पाइसकेको छ भने उपाध्यक्ष एमालेले लिने भनिए पनि एकीकृत समाजवादीलाई चित्त बुझाउन उपाध्यक्ष दिने सहमति भएको नेताहरुको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij