
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । नुवाकोटमा बुवाको हत्या गरेको आरोपमा छोरा र बुहारी पक्राउ परेका छन् ।
नुवाकोट किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका पचपन्न वर्षीय भरतबहादुर नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
डीएसपी खड्काका अनुसार पक्राउ पर्नेमा एक युवक र उनकी श्रीमती जमुना नेपाली रहेका छन् ।
‘बाबु छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको’ पाइएकाले पक्राउ गरिएको हो’, डीएसपी खड्काले भने, ‘शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौं ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij