Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शिक्षिकाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा आरोपपत्र दायर

शिक्षिकाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा आरोपपत्र दायर

  • काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एक शिक्षिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगले मंगलबार तनहुँको व्यास नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सुनिता उपाध्याय पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

    AGNI GROUP

    पौडेलले भारतको वाराणसीबाट उत्तीर्ण गरेको हाईस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेस गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा अनुचित लाभ लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    आरोपपत्रमा भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij