Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा रुपन्देहीको केरवानी माध्यमिक विद्यालयका स्थायी शिक्षक दुर्गादत्त शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शर्माले स्नातकोत्तर तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी देवदह आदर्श बहुमुखी क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्ति लिएर अध्यापन गराउँदै आइरहेको पाएपछि बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको हुँदा आवश्यक सजाय माग गर्न आयोगले माग गरेको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij