Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मालपोतको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश: बाँसबारी जग्गा प्रकरण

मालपोतको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश: बाँसबारी जग्गा प्रकरण

  • काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णयको फाइल झिकाउन  सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको इजलासले निर्णयको फाइल झिकाउन आदेश दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    मालपोत कार्यालय, डिल्लीबजारले माघ २४ गते च्याम्पियन फुटवेयर प्रालिको नाममा दर्ता कायम रहेको जग्गा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को पत्रअनुसार ‘सरकारका नाममा श्रेस्ता अध्यावधिक गरी ल्याउन’ भन्दै सञ्चालक समितिका सीजी चाँदवाग रेसिडेन्सी प्रालिलाई पत्र काटेको थियो ।

    AGNI GROUP

    मालपोतले २१ दिनभित्र प्रतिनिधि कार्यालयमा हाजिर हुनू र नआएमा कानुनबमोजिम हुने भन्दै पत्र काटेको थियो ।

    बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हड्पेको भन्दै सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो ।

    तर, अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij