
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । मोरङको बेलवारीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ट्रिपर र बोलेरो एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा तिन जनाको मृत्यु भएको हो ।
बिहान ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ जाँदै गरेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालका अनुसार, बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रु बाहक बसमा पनि सुमो ठोकिएकाे छ ।
मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र वर्ष ४४ की दिपा खनाल छन् । दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने सुमो चालकको झापाको बिर्तामोड २ बस्ने ३६ वर्षका कृष्ण गजुरेलको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको डिएसपी दाहालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij