
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । राष्ट्रपति महमुद अब्बाससमक्ष प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमबार आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् ।
यो निर्णय गाजापट्टीमा प्यालेस्टाइनी जनताविरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमका कारण रहेको उनले बताए ।
श्तायेहको सरकार सन् २०१९ अप्रिलमा राष्ट्रपतिको आदेशद्वारा गठन गरिएको थियो । सरकारलाई प्यालेस्टाइनी मेलमिलाप र निर्वाचनको तयारीको जिम्मा दिइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij