Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धम्की दिई ५० लाख माग्ने दुई जना सार्वजनिक

धम्की दिई ५० लाख माग्ने दुई जना सार्वजनिक

  • काठमाडौं । धम्की दिई ५० लाख माग्ने दुई जनालाई अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउपर्नेमा कैलाली टीकापुर नगरपालिका–१ बस्ने ३६ वर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका–३ बस्ने ३६ वर्षीय नरहरि ढुङ्गाना उपनाम रमेश रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।  

    AGNI GROUP

    ‘केही व्यक्तिले योजनाबद्ध तरिकाले पीडितलाई पटक–पटक फोनमार्फत तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ५० लाख रुपैयाँ माग गरेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले चन्द्रगिरि नगरपालिका–९ मच्छेगाउँबाट उनीहरूलाई पक्राउ गरेको हो,’ उनले भने । 

    पक्राउ परेकाहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको र निजहरूका साथबाट प्रहरीले मोटरसाइकल सु.प.प्र.–०१००९ प ६६१० एक थान, विभिन्न कम्पनीका मोबाइलहरू चार थान तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सहयोग रसिद एक ठेली बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij