
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । विराटनगरस्थित विराटनगर जुट मिल्समा आगलागी भएकाे छ । मंगलबार राति भएको आगलागीमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ ।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालका अनुसार आगलागीका कारण मिल्सको ३ वटा मेसिनमा क्षति पुगेको छ । विद्युतीय सर्टसर्किटबाट आगलागी भएको हुन सक्ने बताउँदै उनले राति ९ बजेबाट सुरु भएको आगलागी आज बिहान १ बजे नियन्त्रणमा आएको बताए ।
प्रहरी नायब उपरिक्षक दाहालका अनुसार आगलागीका कारण जुटको बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पूर्णरूपमा जलेकाे छ । आगलागी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाकाे सहयाेग रहेकाे थियाे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij