Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अध्यक्ष तिमिल्सिना र मफीबीच शिष्टाचार भेट

अध्यक्ष तिमिल्सिना र मफीबीच शिष्टाचार भेट

  • काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग इन्टर पारिस पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुख जोनाथन मफीले शिष्टाचार भेट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले संसद जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो बन्ने बताए ।

    AGNI GROUP

    उनले सरकारलाई कसरी संसद र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा इयुबाट सहयोग हुने अपेक्षा व्यक्त गरे ।अध्यक्ष तिमिल्सिनाले नेपालको संसद भवन भूकम्पमा क्षतिग्रस्त भएपछि नयाँ बन्ने चरणमा रहेकाले त्यसलाई कसरी प्रविधियुक्त तथा पेपरलेस बनाउन तथा सांसद र संसदका कर्मचारीको क्षमता विकासका लागि सहकार्य गर्न इच्छुक रहेको बताए ।

    भेटमा प्रमुख मर्फीले नेपालको संसदसँग प्रजातान्त्रिक पद्दति बलियो बनाउने उल्लेख गर्दै आगामी दिनमा आवश्यकताका आधारमा दुई पक्षीय सहयोगका विषयमा सहकार्य गर्दै जाने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij