Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

'पैसा फिर्ता गर्नुस्, शान्ति सुरक्षा किन चाहियो ?'

'पैसा फिर्ता गर्नुस्, शान्ति सुरक्षा किन चाहियो ?'

  • ललितपुर । 

    images
    images
    images

    'नमस्ते सर, यो पत्रमा हजुरको तोक चाहियो ।' 

    'कुन पत्रमा तोक ? खोई हेरौं त । यो त शान्ति सुरक्षाको लागि रहेछ ।' 

    'हो सर, हामीलाई सदस्यहरुले मार्छु, पिट्छु र तलाईँ छोड्दिन भनेर धम्की दियो हजुर ।' 

    'एँ, त्यसो पो । अनि पैसा फिर्ता दिनुस् त सदस्यहरुको ।' 

    'बिस्तारै दिई रहेका छौं सर, अहिले त निक्षेपकर्ता आक्रोशित छन् ।' 

    'पैसा लिएर पछि दिनुपर्देन् त, सबै फिर्ता गर्न वातावरण बनाउनुस्, अनि शान्ति सुरक्षा नै चाहिन्न नी !' 

    यो माथिको सम्वाद ललितपुर जिल्ला प्रशासन कार्यालयभित्रको हो । यो सम्वाद ललितपुरको मानभवनमा संचालित एक सहकारी संचालक र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारबीचको हो ।

    सहकारी संचालकले सदस्यहरुले हातपात गरेको भन्दै शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय आइपुगेका हुन् । सहायक सीडीओ सुनुवारले सहकारी संचालकलाई सदस्यहरुको पैसामा मोज गर्न, जथाभावी लगानी गर्ने र अहिले फिर्ता माग्दा उल्दै शान्ति सुरक्षा माग गर्न आउने भनेर जवाफ फर्काएका थिए ।

    ती सहकारी संचालक केही नबोली शान्ति सुरक्षा मागको पत्र फिर्ता लिएर प्रशासनबाट फर्किए । स्रोतका अनुसार उक्त सहकारीका संचालकले कर्मचारीलाई सिंगो सहकारी नै जिम्मामा छोडेर भूमिगत भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij