Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

विमानस्थलबाट एक करोड रकमसहित २ पाकिस्तानी पक्राउ

विमानस्थलबाट एक करोड रकमसहित २ पाकिस्तानी पक्राउ

  • काठमाडौं । झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

    images
    images
    images

    बुधबार बेलुका फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७५ बाट काठमाडौँ ओर्लिएका ३१ वर्षीय यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानी ५ लाख डेनिस क्रोन (डेनमार्कको मुद्रा)सहित पक्राउ परेका विमानस्थल स्रोतले बतायो । यो नेपाली रुपैयाँ ९५ लाख ४३ हजारभन्दा बढी हुने प्रहरीको भनाइ छ ।

    विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट डेनिस क्रोन ५ लाख बरामद भएको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । आज सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने प्रहरी स्रोतले बतायो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij