
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक स्थायी शिक्षिकाविरुद्ध बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । पोखरा महानगरपालिका-८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षिका विन्दु गौतम शर्माविरुद्ध आरोप पत्र दायर गरिएको हो ।
शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरु पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि भएकोले कारबाही गर्न आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij