Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शाओमीको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का नियुक्त

शाओमीको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का नियुक्त

  • काठमाडौं । शाओमीले आफ्नो ब्रान्ड एम्बासडरको रूपमा अभिनेत्री स्वस्तिमा खड्कालाई  नियुक्त गरेको छ । स्वस्तिमा खड्का पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् ।

    onlinepatrika
    Arghakhachi

    यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले शाओमीले अझ उचाइ लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

    AGNI GROUP

    यस्तै नवनियुक्त ब्रान्ड एम्बासडर खड्काले भनिन्, ‘शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरू र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्‍याउनेछ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट