
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । चाबहिलमा रहेको गोपीकृष्ण सिनेमा हल बन्द हुने भएको छ । आर्थिक संकटका कारण हल बन्द गरिएको गोपीकृष्ण मुभिज प्रालिले जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै फागुन १ गतेदेखि हल बन्द हुने जानकारी गराएको हो । २०५२ सालदेखि सञ्चालनमा आएको हल आर्थिक संकटका कारण हल बन्द गर्नुपर्ने स्थिति आएको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिए ।
'कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण,प्रर्दशन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा ब्यक्त गर्न सकिन्न नै ,'विज्ञप्तिमा भनिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij