
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । नुवाकोटको ककनीका एक व्यक्तिलाई अपहरण गरेका आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार काठमाडौं प्रहरीको सहयोगमा माछापोखरीबाट ककनी गाउँपालिका-४ रानीपौवाका सुर्यबहादुर तामाङलाई अपहरण गरेको आरोपमा ककनी गाउँपालिका-४ का ३० वर्षिय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ का २४ वर्षिय रामचन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले माघ २२ गते राती १० बजेको समयमा पीडित तामाङसहितको निजी सवारी साधन अपहरण गरी ज्यान मार्ने धम्की दिई फिरौती रकम ७ लाख रुपैयाँ माग गरेको नुवाकोट प्रहरीले जनाएको छ ।
पक्राउ परेको उनीहरुलाई बुधवार माघ २४ गते जिल्ला अदालत नुवाकोटबाट अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य अभियुक्तहरुको को खोजी कार्य जारी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij