Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मन्त्री साउदविरुद्ध उजुरी

मन्त्री साउदविरुद्ध उजुरी

  • काठमाडौं । सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध प्रहरीकोमा उजुरी परेको छ । मन्त्री साउदले ज्यान मार्ने धम्की दिएको भन्दै बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले उजुरी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रीले केही समयअघि ऋण लगेको तर बारम्बार फिर्ता माग्दा पनि नदिने तथा उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बोहराले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको बताइएको छ ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देबेन्द्र पालले उजुरी आएको पुष्टि गरे । यता मन्त्री साउदले उजुरी आएकोबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘मेरो कारोबार भएको छैन । मलाई उजुरी बारेमा जानकारी पनि छैन, म यो विषयमा बुझ्दैछु’ उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij