Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भिजिट भिसासम्बन्धी ६ बुँदे नयाँ कार्यविधि जारी

भिजिट भिसासम्बन्धी ६ बुँदे नयाँ कार्यविधि जारी

  • काठमाडौं । सरकारले भिजिट भिसामा मंगलबारदेखि नयाँ मापदण्ड लागू गरेको छ । पुरानो १७बुँदे मापदण्ड खारेज गरी ६बुँदे नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।

    onlinepatrika
    Arghakhachi

    पुरानो मापदण्डअनुसार वार्षिक न्यूनतम पाँच लाख आय तथा १२ कक्षा उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र आवश्यक हुने प्रावधान थियो । अब दुईतर्फी टिकट, होटेल बुकिङ र पाँच सय अमेरिकी डलर चाहिनेछ । साथै, युएई, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबिया जानका लागि स्वघोषणा गर्नुपर्ने नयाँ प्रावधान राखिएको छ ।

    AGNI GROUP

    प्रहरीले हालै गरेको अनुसन्धानले डेढ लाख रुपैयाँसम्म लेनदेन गरी भिजिट भिसामा सेटिङ हुने गरेको देखाएको छ । जसमा संलग्न अध्यागमन अधिकृत नरवीर खड्कासहितका गिरोहलाई प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

    भिजिट भिसामा यात्रा अनुमति दिँदा अवलम्बन गर्नुपर्ने कार्यविधि :
    १. कम्तीमा ६ महिनाको वैध अवधि भए‌को राहदानी ।
    २. गन्तव्य देशको प्रवेषाज्ञा (भिसा) वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने ।
    ३. दुईतर्फी हवाई टिकट ।
    ४. भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।

    ५. भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलरबराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट–क्रेडिट कार्ड)

    ६. संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्नेछ। स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार (बर्डन अफ प्रुफ) सम्बन्धित व्यक्तिमा रहनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij