
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ७६ हजार ४० कित्ता सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij