
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नवलपुरमा एक जना गर्भवती महिलाको हत्या भएको छ । हुप्सेकोट गाउँपालिका-६ स्थित एक घरमा ३४ वर्षीया गर्भवती महिला चनिसरा लम्कामगर हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । उनको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय श्रीमान शेरबहादुर लम्कामगरलाई पक्राउ गरेको छ ।
शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेको प्रारम्भिक अन्सन्धानमा खुलेको प्रहरीले जनाएको छ । चनिसरा ८ महिनाकी गर्भवती थिइन् ।
श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij