
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । कैलालीमा सालकको खपेटासहित २ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । बर्दगोरीया गाउँपालिका ६ स्थित सडकबाट सालकको खपेटा ११ किलो १ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भजनी नगरपालिका-८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशिपुर गाउँपालिका-४ बस्ने ३२ वर्षीय प्रेम चौधरी रहेका छन ।
नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको प्रहरीले सु.प.प.०१००८ प ३५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त खपेटासहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij