
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बारामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा बारा महागढीमाई नगरपालिका-२ का ३० वर्षीय अकाश मण्डललाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । पीडित बालिकाको कलैयास्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको जानकारी उनले दिए ।
पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको उनले बताए । प्रहरी उपरीक्षक काफ्लेका अनुसार प्रहरीमा परेको उजुरीमा मण्डलले ती बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij