Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

समृद्धि फाइनान्सको सञ्चालक पदमा बर्तौला नियुक्त

समृद्धि फाइनान्सको सञ्चालक पदमा बर्तौला नियुक्त

  • काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो २२ औं साधारणसभा सम्पन्न गरेको छ । मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा भएको साधारणसभाले रिक्त रहेको सञ्चालक पदमा पद्मोदय प्रालिको प्रतिनिधित्व गर्दै संस्थापक समुहबाट निर्वाचित रामकुमार बर्तौलालाइ नियुक्त गरेको छ । 

    images
    images
    images

    सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने,  वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने, आ.व.२०८०/८१ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरुमा छलफल सहित पारित गरेको छ । 

    साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरूलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij