
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई थुनामा पठाउन आदेश दिएका हुन् ।
बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिगमाथि जबरजस्ती करणी तथा बाल यौन शोषणको अभियोगमा मुद्दा चलाइएको छ । बुधबार राति स्थलमार्गबाट सर्लाही लगिएका बम्जनलाई अदालतमा उपस्थित गराउनुअघि प्रहरीले सरकारी वकिलको कार्यालयमा बयान गराएको थियो ।
सिन्धुपाल्चोकस्थित बम्जनको आश्रममा पीडित युवती आनीका रूपमा बसेकी थिइन् । त्यहीँ २० साउन २०७३ मा आफूलाई बम्जनले बलात्कार गरेको उनले बताएकी थिइन् । त्यही आधारमा बम्जनविरुद्ध प्रहरीले अनुसन्धान सकेर सर्लाही अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दामा अब उनले जेलभित्रैबाट प्रतिवाद गर्न पाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij