
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । सन्दीप लामिछानेलाई मुद्दा हाल्ने ‘गौशाला २६’ को फोटो र नाम सार्वजनिक गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ ।
सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो ।सापकोटाले गौशाला–२६ (परिवर्तित नाम)को तस्बिर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij