
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१० ले फुटपाथ व्यापार गर्न निषेध गरेको छ । बूढानीलकण्ठ नगरपालिका-१० स्थित मिलन चोक, निलो पुल रुद्रमती चोक, बालुवाखानी लगायत अन्य क्षेत्रमा सडक ढाकेर फुटपाथ व्यवसाय गर्न निषेध गरिएको छ ।
आज एक सूचना जारी गर्दै पैदल यात्रु तथा सवारी आवागमनमा अवरोध गर्दै फुटपाथ व्यवसाय गर्न कानुनत दण्डनिय रहेको जनाएको छ । उक्त क्षेत्रमा फुटपाथ व्यवसाय गरिआएका सबैलाई बाल उद्धार स्कुलसँगैको चौरमा अस्थायी रुपमा व्यवसाय गर्न व्यवस्था गरिएको वडाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij