Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

दुई वर्षीया बालिका अपहरणमा संलग्न एकजना पक्राउ

दुई वर्षीया बालिका अपहरणमा संलग्न एकजना पक्राउ

  • काठमाडौं । दुई वर्षीया बालिका अपहरणमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोट पानीटंकी बस्ने ३७ वर्षीय राज नेपाल रहेका छन ।

    images
    images
    images

    काठमाडौं गौशालाबाट पुस १० गते ती बालिका अपहरण भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै उक्त कार्यालयबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर टेकु काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुर सूर्यबिनायक नगरपालिका-३ बालकोट पानीटंकीबाट ती बालिकालाई सकुशल उद्दार गरी पीडितको परिवारलाई जिम्मा लगाएको छ ।

    images

    उनलाई थप अनुसन्धान एवम् कार्वाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij