
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । मकवानपुर प्रहरीले कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका-२ का २६ वर्षीय लाल कुमार तितुङ र १९ वर्षीय ज्ञानबहादुर स्याङतानलाइ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हरियाली सामुदायिक वनमा खरङ्गाबाट राक्सिराङ आउँदै गरेको बा ४१ प २८१८ नंको मोटरसाइकल चेकजाँच गर्दा स्याङतानको साथबाट कटुवा पेस्तोल एक थान र बारुद भरिएका दुईवटा फलामका खोका बरामद गरेको हो । दुवैजनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij