Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

कोरियामा झापाका युवाको मृत्यु

कोरियामा झापाका युवाको मृत्यु

  • काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका झापा बुद्धशान्तिका एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका- ३ स्थित कञ्चनवारि निवासी ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको बताइएको छ ।

    images
    images
    images

    न्यौपाने  दक्षिण कोरियाको बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा दक्षिण कोरिया गएका थिए । एक वर्षअघि बिदा लिएर घर आएका उनी फेरि रोजगारीका लागि कोरिया फर्किएका थिए ।

    images

    उनी चार दिनअघि मात्र परिवारको सम्पर्क आएको पारिवारिक स्रोतले जनाएको छ । उनको मृत्युको कारण भने खुलेको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij