Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

पोलमा बाँधेर महिलालाई कुटपिट !

पोलमा बाँधेर महिलालाई कुटपिट !

  • काठमाडौं । सिन्धुली सदरमुकामस्थित ढकाल गाउँमा एक महिलालाई गाउँलेहरूले पोलमा बाँधेर कुटपिट गरेका छन् । कमलामाई नगरपालिका-४ घर भएकी शारदा थापालाई गाउँलेहरूले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका हुन् ।

    images
    images
    images

    कुटपिटमा संलग्न आरोपमा शारदाका पति सन्तोष थापा सहित ७ जनालाई पक्राउ गरिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । कुटपिटमा संलग्न स्थानीय र सन्तोषको बिचमा लेनदेन विवाद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    images

    शुक्रवार सिन्धुली बजारबाट गाउँलेहरूले आफूलाई नियन्त्रणमा लिएर गएको सन्तोषले प्रहरीलाई बताएका छन् । तर, शारदासँग गाउँलेहरूको विवाद देखिएको छैन । प्रहरीले आइतबार दिउँसो ४ बजे घटनाबारे जानकारी पाएको थियो । खबर पाएपछि प्रहरी उपरीक्षक सिलवालले घटनास्थलमा पुगेर महिलाको उद्धार गरेका हुन् । पोलमा बाँधेर स्थानीयले लाठी, हात र खुट्टाले निर्घात कुटपिट गरेको आरोप छ ।

    आरोपीहरू विरुद्ध बुधवार म्याद लिएर अनुसन्धान गरिने एसपी सिलवालले बताए । उनले भने, ‘यो घटनालाई हामीले गम्भीर ढङ्गले अनुसन्धान गरिरहेका छौँ ।’

    May be an image of 3 people

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij