
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा एक युवकलाई जन्मकैदको फैसला सुनाइएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत हेमन चौधरीलाई बारा जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो ।
बारा जिल्ला अदालतले प्रतिवादी उपरको किटानी जाहेरी, घटनास्थलको मुचुल्का, घटनाको विवरण कागज तथा पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा चिकित्सकले अदालतमा गरेको बकपत्रलाई प्रमाणको रूपमा लिएर फैसला सुनाएको हो ।
बालिका सुतिरहेको अवस्थामा राउतले जबरजस्ती करणी गरेका थिए । घटनापछि पीडित बालिका बोल्न नसक्ने अवस्थामा भएकाले घटनाबारे बहिनीले बयान दिएको डा.सुरजकुमार चौरसियाले बताए ।
घटना पश्चात् बालिका रोई कराइ गरेपछि चौधरीले सुरुमा पैसा दिन्छु भन्दै फकाएको र नमानेपछि घटनाबारे कसैलाई भने मार्ने धम्की दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij