Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

गाँजासहित बाराबाट दुई जना पक्राउ

गाँजासहित बाराबाट दुई जना पक्राउ

  • काठमाडौं । बाराबाट ९ किलो गाँजासहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी गाउँपालिका–८ बस्ने २१ वर्षीय सुवास मोक्तान र कैलाश गाउँपालिका बस्ने ३० वर्षीय देवराज स्याङ्ताङ रहेका छन् ।

    हेटौंडा बाट पथलैयातर्फ आउँदै गरेको बा प्र ०२–०२९ प १६०९ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई चेकजाँचको क्रममा गाँजासहित पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

    पक्राउ परेका दुवै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij