Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरूवा एवम् पदस्थापन गरेको छ । त्यसमध्ये पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थापन भएका छन् । एक जना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् । बाँकी १६ जना प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापन गरेको हो।
मोरङको प्रमुख जिल्ला अधिकारीमा प्रेमप्रसाद भट्टराई सरूवा भएका छन् । मोरङका वीरेन्द्रकुमार यादवको गृह मन्त्रालयमा सरूवा भएको छ । बन्धुप्रसाद बास्तोला झापाको प्रमुख जिल्ला अधिकारी सरूवा भएका छन् । जयनारायण आचार्यको जिल्ला प्रशासन कार्यालय सुनसरीमा सरूवा भएको छ।
उदयपुरमा हरिप्रसाद घिमिरे, जनार्दन गौतम तनहुँ, हिरालाल रेग्मी रौतहट, दिनेशसागर भुसालको पर्सा, भोला दाहालको गोरखाको प्रमुख जिल्ला अधिकारी सरूवा भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij