
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । पेस्तोल र लागुऔषध खैरो हेरोइनसहित भक्तपुरबाट दुईजना पक्राउ परेका छन् ।
भक्तपुरको सुर्यविनायक नगरपालिका-१० नलिन्चोक क्षेत्रबाट इलाम नगरपालिका-९ का ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका-२ का लेख बहादुर कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुईजनाको साथबाट केएफ ७.६५ लेखिएको ५ राउन्ड गोली लोड भएको म्याग्जीनसहितको पेस्तोल एक थान, पेस्तोलमा लाग्ने खाली म्याग्जिन र ५ ग्राम खैरो हेरोइन बरामद भएको एसपी मिलन केसीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij