
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बैंक घाटाला गर्ने चीनका एक बैंक म्यानेजरलाई जन्मकैदको फैसला सुनाइएको छ । बीबीसीका अनुसार दक्षिणी चीनको एक शाखामा म्यानेजरको रुपमा सन सन १९९३ देखि सन २००१ सम्म काम गरेका सु काओचुनलाई उक्त फैसला गरिएको हो ।
साढे ३२ करोड अमेरिकी डलर बराबरको रकम किर्ते ऋण बनाएर हिनामिना गरेको पाइएपछि उनलाई जन्मकैद फैसला भएको हो । यसलाई चिनियाँ राष्ट्रपति सी चीनफीङको भ्रष्टाचार विरोधी अभियानको एक अंगकोरुपमा बीबीसीले उल्लेख गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij