
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । मकवानपुरको बकैयामा आफैँ अनियन्त्रित भई अटो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते हुनेमा बकैया- ३ जितदमार बस्ने ३४ वर्षका देवलाल जिम्बा, निजको श्रीमती ३१ वर्षकी ठूलीमाया जिम्बा, छोरा १२ वर्षका सृजल जिम्बा, सोही स्थानका २६ वर्षकी सुनीमाया भ्लोन र १२ वर्षका युदिर बोगटी रहेका छन् ।
घाइतेमध्ये १२ वर्षका सृजलको अवस्था गम्भीर रहेको र घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको मकवानपुर प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij