
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले स्वदेशमा रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन साइबर ब्युरोले आग्रह गरेको छ । पछिल्लो समय ब्युरोले साइबर क्राइमका घटना बढ्न थालेको भन्दै वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आग्रह गरेको हो ।
सोमबार एक सूचना जारी गरी ब्युरोले सामाजिक सञ्जालबाट साइबरजन्य ठगी बढेको जानकारी दिएको छ । ब्युरोले झुटा आश्वासनमा परी साइबरजन्य ठगिनबाट जोगिन सबैमा आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij