Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाण्डौ । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका–२ धवाडी पुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको जनाएको छ ।
सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नं. को मोटरसाइकल अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको हो। दुर्घटनामा चालक मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानको टाउकोमा चोट लागेको छ।
उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको छ । डिएसपी भण्डारीले मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने बालकको घटनास्थलमै मृत्यु भएको बताए ।
चितवन पुरानो मेडिकल कलेज
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij