
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । स्रोत नखुलेको दस लाख रकमसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्परण रक्सौल ७ अरुवाटोल बस्ने २३ वर्षीय उमेश यादव रहेका छन् । भारतबाट नेपालतर्फ आइरहेको बी आर ०५ ए आर ८१०१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्राेत नखुलेको रकमसहित उनलाई पक्राउ गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij