Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

पाटन स्थित मोबाइल जोनका सञ्चालक पक्राउ

पाटन स्थित मोबाइल जोनका सञ्चालक पक्राउ

  • काठमाडौं । अवैध रूपमा भन्सार छली गरी ल्याएका मोबाइल बिक्री गर्ने एक जना व्यवसायीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको पाटन स्थित मोबाइल जोनका सञ्चालक सुरेन्द्र दाहाललाई पक्राउ गरेको हो ।

    images
    images
    images

    काठमाडौं शंखरापुर नगरपालिका वडा नम्बर १ घर भएका दाहालले भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याई मोबाइल बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

    त्यस क्रममा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनले सञ्चालन गरेको पसल खानतलासी गरेको थियो । उक्त पसलबाट भन्सार छली चोरी पैठारी गरी बिक्री वितरण गर्ने उद्देश्यले राखेका ओप्पो, भिभो, पोको, रियलमी लगायतका विभिन्न मोडेलका २४ थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij