
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी साधारण समूह, साधारण उपसमूहलगायत अन्य समूह (स्वास्थ्य, संचार तथा ईन्जिनियरिङतर्फ) रिक्त पदमा बढुवाको लागि सूचना प्रकाशित गरेको छ ।
सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक, सशस्त्र प्रहरी नायव निरीक्षक, सशस्त्र प्रहरी बरिष्ठ हवल्दार र सशस्त्र प्रहरी हवल्दार पदमा बढुवाका लागि मुख्यालयले एकै पटक सूचना प्रकाशित गरेको छ । लगतै सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्य र प्राविधिक समूह संचार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा बढुवाको लागि सूचना प्रकाशित गरिएको छ ।
बढुवाका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी मूल्यांकन फाराम भरी सूचना प्रकाशन भएको १० दिनभित्र बढुवा समितिको सचिवालयमा पेश गर्नुपर्ने प्रकाशित सूचनामा उल्लेख रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij