Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

बाेलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

बाेलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • काठमाडौँ । रुपन्देहीको बुटवलमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल- ११ का ४५ वर्षीय शालिग्राम खनाल रहेका छन् ।

    images
    images
    images

    बेलवास-बेथरी सडक खण्डअन्तर्गत बुटवल उपमहानगरपालिका- ११ नहरपुरमा लु १ च ७०२४ नम्बरको बोलेरो जीप र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते खनालको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

    दुर्घटनामा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउँपालिका- १ घर भई हाल बुटवल- ११ निवासी २५ वर्षीय शेखर पोखरेल गम्भीर घाइते भएका छन् । उनको भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । बोलेरो र चालक जीतेन्द्र बानियाँलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij