Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

वैदेशिक रोजगारीमा रहेकाका लागि जारी मुक्तिनाथ कृषि कम्पनीको सेयर बाँडफाँट

वैदेशिक रोजगारीमा रहेकाका लागि जारी मुक्तिनाथ कृषि कम्पनीको सेयर बाँडफाँट

  • काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निकालेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रवन्धकमा नियुक्त एनआईएमबीएस क्यापिटलले सेयर बाँडफाँट गरेको हो । जारी पूँजी ७० करोडमध्ये २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई छुट्याइएकोमा त्यसको १० प्रतिशत १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो ।

    images
    images
    images

    प्रतिकित्ता एक सय रूपैयाँ अङ्कित शेयर कात्तिक १०-२४ सम्म बिक्री खुला गरिएको थियो । कुल ३१ हजार १९६ जना आवेदन प्राप्त भएकोमा ३० कित्ता शेयरका लागि २ जनाको रितपूर्वक नआएकोले ३१ हजार १९४ जना आवेदकबाट ७ लाख २३ हजार ४० कित्ता शेयरको लागि रितपूर्वक आएका आवेदनमा न्यूनतम १० कित्ताका दरले १४ हजार जनालाई बाँडफाँट गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij