
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा भारतको मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ अवार्ड-२०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ बाट बिहीबार उक्त कम्पनी सम्मानित भएको हो ।
चौथो आईसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड( २०२३ समारोहमा उक्त कम्पनी Outstanding Performance in the Life Insurance Industry of Nepal बाट सम्मानित गरिएको छ ।
सो अवसरमा उक्त अन्तराष्ट्रिय सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रवीण रमण पराजुलीले ग्रहण गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij