
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाण्डौ । काठमाण्डौबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाण्डौ फर्किएको छ ।
बुधवार बिहान काठमाण्डौबाट करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाण्डौ फर्काईएको बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहले जानकारी दिनुभयो।
बुद्ध एअर नेपालगन्जले विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij